२० असार २०८३, शनिबार

काठमाडौंमा मोबाइल गस्तीसँगै पाँच हजार ७७९ सुरक्षाकर्मी परिचालन

काठमाडौंमा मोबाइल गस्तीसँगै पाँच हजार ७७९ सुरक्षाकर्मी परिचालन
फाइल तस्बिर

मुलुकको सङ्घीय राजधानी काठमाडौंमा निर्वाचनका लागि पाँच हजार ७७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न  पाँच हजार ७७९ सुरक्षाकर्मी परिचालन गरिएको हो । 

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि  प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेको छ । निर्वाचन  शान्तिपूर्णरुपमा सम्पन्न गर्न संवेदनशील मतदानस्थलमा केन्द्रीय सुरक्षा नीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न काठमाडौंका ३२० मतदानस्थल र ७५७ मतदान केन्द्रमा दुई हजार ५०० नेपाल प्रहरी र तीन हजार २७९ म्यादी प्रहरी परिचालन गरिएको जानकारी दिए ।

काठमाडौंको क्षेत्र नं १ मा नेपाल प्रहरी १११, म्यादी प्रहरी २१८, क्षेत्र नं २ मा नेपाल प्रहरी २१७, म्यादी प्रहरी ४०१, क्षेत्र नं ३ मा नेपाल प्रहरी १६४, म्यादी प्रहरी २९०, क्षेत्र नं ४ मा नेपाल प्रहरी १८१, म्यादी प्रहरी ३३९, क्षेत्र नं ५ मा नेपाल प्रहरी १७८ र म्यादी प्रहरी ३२९ परिचालन गरिएको छ ।

यस्तै क्षेत्र नं ६ मा नेपाल प्रहरी १६९, म्यादी प्रहरी ३१७, क्षेत्र नं ७ मा नेपाल प्रहरी १५९, म्यादी प्रहरी २९३, क्षेत्र नं ८ मा नेपाल प्रहरी १३८, म्यादी प्रहरी २४४, क्षेत्र नं ९ मा नेपाल प्रहरी १९२, म्यादी प्रहरी ३५३ र क्षेत्र नं १० मा नेपाल प्रहरी २२६ र म्यादी प्रहरी ४२० परिचालन गरिएको प्रवक्ता मैनालीले बताए । 

यसका साथै नेपाल प्रहरीले काठमाडौंमा निर्वाचनलाई मध्यनजर गर्दै मोबाइल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, आचारसंहिता उल्लङ्घन अनुगमन, नाकामा सुरक्षा जाँच  गर्दै आएको छ । निर्वाचनको मिति नजिकिएसँगै नेपाल प्रहरीले रात्रिकालीन सुरक्षा जाँचलाई समेत कडाइ गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्