२५ असार २०८३, बिहीबार

‘भारत आगोसँग खेलिरहेको छ, जल्न सक्छ’

कात्तिक २०, २०७४
‘भारत आगोसँग खेलिरहेको छ, जल्न सक्छ’

काठमाडौं, २६ साउन — चीनबाट प्रकाशित हुने पिपुल्स डेली अनलाइनमा स्तम्भकार कर्टिस स्टोनले डोक्लाम विवादमा भारत आगोसँग खेलिरहेको र जल्न पनि सक्ने चेतावनीसहितको लेख प्रकाशित गरेका छन् ।


उनी लेख्छन्, ‘दोङलाङ क्षेत्रमा भारत र चीनबीच सैनिक गतिरोधले भारतको भूराजनीतिक महत्त्वाकांक्षा तथा महाशक्तिको सपनालाई उजागर गरेको छ । वर्तमान संकट समाधान गर्नका लागि भारतले उक्त क्षेत्रबात तत्कालै सैनिक फिर्ता बोलाउनुपर्छ ।’

चिनियाँ भूमिमा सडक बनाउँदा भारतले सैनिक पठाएर अवरोध गरेको र यसमा चीनलाई अतिक्रमणकारीका रूपमा प्रस्तुत गर्नु गलत रहेको स्टोनको तर्क छ । उनले चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङलाई उद्धृत गर्दै लेखेका छन्, ‘डोक्लाम चीनकै भूमि हो भनी हामीले लगातार दोहो–याउँदै आएका छौं । डोक्लाम चीनकै हो भन्ने तथ्यमा कुनै दुईमत छैन ।’

खासमा भारतले लामो समयदेखि एसियामा प्रभुत्व जमाउन खोजेको स्टोनको दाबी छ । अमेरिकी जासूसी संस्थाले गरेको मूल्यांकनलाई उद्धृत गर्दै स्टोन लेख्छन्, ‘भारतले स्वतन्त्रता प्राप्त गरेदेखि नै उसका प्रमुख लक्ष्यहरू परिवर्तन भएका छैनन् । यी लक्ष्यमध्ये सबभन्दा महत्त्वपूर्ण चाहिँ छिमेकीहरूबाट क्षेत्रको नेतृत्वदायी शक्तिका रूपमा पहिचान नै हो । अनि भारत उक्त क्षेत्रमा अरूको प्रभाव रोक्न चाहन्छ ।’

झोङ शेङले पिपुल्स डेलीमा लेखेको लेखलाई पनि स्टोनले उद्धृत गरेका छन् । त्यसअनुसार ‘भारतले भुटानलाई सहयोग गर्ने नाममा चीनको सार्वभौमसत्तामाथि आक्रमण गरेको मात्र नभई भुटानको सार्वभौमसत्ता र स्वतन्त्रतालाई पनि चुनौती दिएको छ । अब भुटान भूराजनीतिक द्वन्द्वमा फसेको छ र यो नियन्त्रणबाहिर गएर ठूलै क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्छ ।’


यसको अर्थ के लाग्छ भने भारतले शुरु गरेको द्वन्द्व भुटानलाई जोगाउनका लागि नभई महाशक्तिको सपना साकार पार्न हो ।

तर चीनले आफ्नो धैर्य गुमाइरहेको बताएको स्टोन लेख्छन् । उनका अनुसार भारतले भूराजनीतिक खेल खेल्न छोडेर छिमेकीहरूसँग भविष्यमा द्वन्द्व नहुने उपाय खोज्नतर्फ ध्यान एकत्रित गर्नुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्