३२ असार २०८३, बिहीबार

एन्फा उपाध्यक्ष लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

एन्फा उपाध्यक्ष लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

अखिल नेपाल फूटबल संघ एन्फाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष दावा लामाले पाएका छन् ।

अध्यक्ष पंकजविक्रम नेम्वाङ फिफा विश्वकप २०२२ को उद्घाटन समारोहमा सहभागी हुन कतार जान लागेकाले लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

'अखिल नेपाल फूटबल स‌ंघको विधान २०७७ स‌ंस्करणको परिच्छेद (९) को धारा ४४ अनुसार तपाईंलाई मिति २०७९ मंसिर ३ गतेदेखि ६ गतेसम्मका लागि अखिल नेपाल फूटबल स‌ंघको कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको छ,' अध्यक्ष नेम्वाङले लामालाई दिएको पत्रमा भनिएको छ ।

पत्रानुसार लामाले आजदेखि मंसिर ६ गतेसम्म कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

हेर्नुहोस्, पत्र :

salt training

कमेन्ट गर्नुहोस्