१४ असार २०८३, आइतबार

मतदानको दिन सदर चिडियाखाना बन्द हुने

मतदानको दिन सदर चिडियाखाना बन्द हुने
प्रतिकात्मक तस्वीर

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दिन जावलाखेलस्थित सदर चिडियाखाना बन्द हुने भएको छ ।

हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि अवलोकन गर्न खुला रहने गरेको चिडियाखाना निर्वाचनको मतदानको दिनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ ।

हाल चिडियाखानामा विभिन्न ११० प्रजातिका १ हजार १ वन्यजन्तु छन् ।

अवलोकन गर्न विदेशीका लागि १ हजार, सार्क राष्ट्रका व्यक्तिका लागि ५०० र नेपालीलाई २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । चिडियाखानामा वार्षिक करीब ११ लाख दर्शक अवलोकन गर्न आउने गरेका छन् ।

वन्यजन्तुको रेखदेख र स्याहारका लागि हाल ६५ कर्मचारी रहेका छन् ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विक्रम संवत् १९८९ सालमा निजीरूपमा स्थापना गरिएको सदर चिडियाखाना २०११ सालदेखि मात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि भने राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्