२३ असार २०८३, मंगलबार

मौन अवधिमा ३० सञ्चार माध्यमबाट आचारसंहिता उल्लङ्घन

मौन अवधिमा ३० सञ्चार माध्यमबाट आचारसंहिता उल्लङ्घन

आगामी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि)मा ३० सञ्चार माध्यमबाट आचारसंहिता उल्लङ्घन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । स्थिर अवधि सुरु भएको समय गएराति १२ बजेदेखि शुक्रबार अपरान्हसम्म आचारसंहिता उल्लङ्घन गरेकामध्ये ६ सञ्चार माध्यमले भुलसुधार समेत गरेका छन् ।

प्रेस काउन्सिल नेपालले आज जारी गरेको विज्ञप्तिअनुसार २ वटा रेडियो, ९ वटा पत्रपत्रिका, १५ वटा अनलाइन सञ्चार माध्यम र १ वेबपोर्टलबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको हो ।

काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्ने छापा माध्यमलाई स्पष्टीकरण माग गरी त्यस्ता सामग्रीको पुनरावृत्ति नगराउनेतर्फ सजग गराएको छ । यस्तै रेडियो र टेलिभिजनलाई क्षमायाचनासहित भुल सुधार गर्न र उक्त सामग्री पुनः प्रसारण नगर्न/नगराउन भनेको छ । अनलाइन सञ्चार माध्यमको हकमा तत्काल हटाइ काउन्सिललाई जानकारी गराउन निर्देशन दिइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलको निर्देशनपश्चात् ६ वटा सञ्चार माध्यमले क्षमायाचनासहित सामग्री हटाइ आगामी दिनमा आचारसंहिता पालनामा थप सजगता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्