
काठमाडौं, २६ साउन — एसएस राजामौलीको फिल्म बाहुबलीको पहिलो र दोस्रो भागमा अभिनेता प्रभासको कामलाई धेरैले प्रशंसा गरे । अहिले उनी सुपरस्टार भइसकेका छन् ।

अविवाहित प्रभास अहिले भारतका मोस्ट वान्टेड ब्याचलर हुन् । यही कारण प्रभासका फ्यानहरू उनको निजी जिन्दगीमा पनि खुबै चासो राख्न थालेका छन् ।
केही समयअघि आएका खबरअनुसार प्रभासले कुनै ठूलै व्यापारीकी नातिनीसँग बिहे गर्ने भएका छन् । तर अहिले प्रभासलाई बिहेको हतारो नभएको बुझिएको छ । तैपनि उनकी बहिनीले उनको बिहेको योजना बनाइरहेका छन् ।
इन्डिया डट्कममा आएको रिपोर्टअनुसार प्रभासकी दिदी प्रगति उप्पलापत्तीले भनिन्, ‘हामी एकदमै उत्साहित छौं अनि उसको बिहेमा हामी खुब रमाइलो गर्नेछौं ।’ तर प्रगति पनि प्रभासले कहिले बिहे गर्लान् भन्न सक्दिनन् ।
बाहुबलीका फ्यानहरू त प्रभासको केमिस्ट्री अनुष्का शेट्टीसँग मिल्ने भएकाले उनीहरूबीच नै बिहे भए हुन्थ्यो भन्ने चाहन्छन् । केही समयअघि प्रभास र अनुष्काको लिंकअपको खबर सार्वजनिक भएको थियो । त्यतिखेर प्रभासले बिहे नगर्ने बताएका थिए ।
एजेन्सी