१४ असार २०८३, आइतबार

युरोपमा पर्यटकविरोधी प्रदर्शन, स्थानीय वासिन्दा पर्यटकबाट वाक्कदिक्क

कात्तिक २०, २०७४
युरोपमा पर्यटकविरोधी प्रदर्शन, स्थानीय वासिन्दा पर्यटकबाट वाक्कदिक्क

काठमाडौं, २६ साउन — युरोपमा लू चलेर तापक्रम बढिरहँदा युरोपेलीहरूको रिसको पारो पनि तात्दैछ । युरोपका लोकप्रिय पर्यटक गन्तव्यमा पर्यटकविरोधी प्रदर्शनहरू भइरहेका छन् ।


पर्यटकप्रतिको रिस यो गर्मी महिनाको विशेषता भएपनि वर्ल्ड टुरिजम अर्गनाइजेसनले पर्यटन क्षेत्रको बचाउ गरेको छ । पर्यटनको वृद्धि दिगो गरी व्यवस्थापन गर्न समेत उसले स्थानीय अधिकारीहरूलाई आह्वान गरेको छ ।

पर्यटनविरोधी गतिविधिको केन्द्र स्पेन भएको छ जहाँ गत वर्ष कीर्तिमान सात करोड ५६ लाख पर्यटक आएका थिए । त्यहाँ त एक करोड ७८ लाख त बेलायती पर्यटक नै थिए ।

बार्सिलोनामा विगत केही वर्षदेखि पर्यटकहरू ह्वारह्वार्ती आइरहेकाले त्यहाँको उग्रवादी सीयूपी दलका युवाहरूले भाडाका साइकल र टुर बसका टायर काट्ने गरेका छन् ।

आर्रानका एक प्रवक्ताले बीबीसीलाई बताए, ‘अहिलेको पर्यटन मोडलले मानिसहरूलाई आफ्नो थातथलोबाट भगाउँछ र वातावरण विनाश गर्छ ।’

स्पेनी प्रधानमन्त्री मारियानो राजोएले उक्त समूहलाई अतिवादी भनेका छन् ।

स्पेनको मालोर्का र सान सेबास्टियनमा पनि एक हप्तापछि पर्यटकविरोधी प्रदर्शन हुने भएको छ ।

दक्षिणी युरोपका अन्य ठाउँमा पनि प्रदर्शनहरू भएका छन् । इटालीको भेनिसमा प्रत्येक वर्ष दुई करोडभन्दा बढी पर्यटक आउँछन् जबकि त्यहाँ जम्मा ५५ हजार मानिस बस्छन् । त्यहाँका दुई हजार स्थानीय वासिन्दाले शहरमा प्रदर्शन गरे ।

उनीहरू भाडा महंगिएको र विशाल क्रुज जहाजहरूका कारण शहर थिलथिलो भएको अनि शहरको कमलो वातावरणलाई विनाश गर्ने प्रदूषणप्रति रिस व्यक्त गरिरहेका थिए ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्