
काठमाडौं क्षेत्र-७ को अहिले मतगणना जारी छ । काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए ।
चार स्थानमा मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ । मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।
सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् ।


