रुपन्देहीको २ नम्बर क्षेत्रको मतगणना बिहान ११ बजेबाट शुरू हुने भएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ ले दिएको जानकारीअनुसार ११ बजेबाट मतगणना शुरू हुने भएको छ । सर्वदलीय बैठक सकिएको छ ।
यस क्षेत्रका १३१ मतदान केन्द्रमा ८१ हजार २०२ मत खसेको छ । १ लाख २६ हजार ८०७ मतदाता रहेका थिए । निर्वाचन अधिकृतको कार्यालय प्रमुख उदविर नेपालीका अनुसार मतगणनाका लागि एउटै भवनमा ४ वटा कोठा व्यवस्थापन भइसकेको छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेल, सत्तारुढ गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल प्रतिस्पर्धामा छन् ।