पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ स्थित शान्ति सृजना निमावि केन्द्रमा आज बिहान ७ बजेदेखि पुन:मतदान सुरु भएको छ ।
हिजो आइतबार स्थगित भएको प्रदेसतर्फको समानुपातिक मतदान कडा सुरक्षाबीच आज सोमबार पुनः मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिले जानकारी दिए ।