०४ असार २०८३, बिहीबार

गुल्मीको अर्वेनीमा भोलि पुनः मतदान

गुल्मीको अर्वेनीमा भोलि पुनः मतदान
प्रतिकात्मक तस्वीर

गुल्मीको १ नम्बर निर्वाचन क्षेत्रअन्तर्गत पर्ने कालीगण्डकी गाउँपालिका–२ अर्वेनीमा आइतवार रोकिएको मतदान पुनः मंगलवार हुने भएको छ ।

भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंसिर ६ गते मंगलवार पुनः मतदान हुने जिल्ला निर्वाचन अधिकारी माया कुँवरले जानकारी दिइन् । 

आइतवार मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्