२६ जेठ २०८३, मंगलबार

चितवन– २ को मतगणना दिउँसो १ बजेबाट शुरू हुने

चितवन– २ को मतगणना दिउँसो १ बजेबाट शुरू हुने

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिस्पर्धा गरेको चितवन– २ को मतगणना दिउँसो १ बजेबाट शुरू हुने भएको छ । 

निर्वाचन अधिकृतको कार्यालयमा सोमवार बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति जुटेको हो । 

चितवन– २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका तर्फबाट कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा छन् । 

लोकान्तरले गरेको एक्जिट पोलमा चितवन– २ बाट रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुने देखाएको थियो ।   
 

salt training

कमेन्ट गर्नुहोस्