
रूपन्देहीको २ नम्बर निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ ।
मध्याह्न १२ बजेदेखि मतगणना शुरू भएको हो । यहाँ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सत्तारुढ गठबन्धनले सघाएको राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।
बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकाका २३ वडा यो क्षेत्रमा पर्छन् ।