
गोरखाको क्षेत्र नम्बर १ र २ का नौ उम्मेदवारले पुन:मतदानको माग गरेका छन् ।
हिजो सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धाँधली भएको भन्दै नेकपा एमालेका ३ उम्मेदवारसहित ९ जनाले पुन: मतदानको माग गरेका हुन् ।
गोरखा क्षेत्र नम्बर १ का चार मतदान केन्द्र र गोरखा क्षेत्र नम्बर २ का ७ मतदान केन्द्रमा पुन: मतदान हुनुपर्ने उनीहरूको माग छ । गोरखा क्षेत्र नम्बर-२ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्वाचन क्षेत्र हो ।