२४ जेठ २०८३, आइतबार
मतगणना

काठमाडौं–२ मा सोविताको अग्रता, सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी चौथो स्थानमा

काठमाडौं–२ मा सोविताको अग्रता, सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी चौथो स्थानमा

काठमाडौं क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले सुरुआती अग्रता लिएकी छिन् । 

सोमबार दिउँसो शुरु भएको मतगणना अपडेटमा सोविताले १ सय २४ मत प्राप्त गरेकी छिन् । 

एमालेका मणिराम फुयालले ८४, राप्रपाकी कुन्तादेवी पोखरेलले ६४ मत प्राप्त गरेकी छिन् । 

सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्तीले ५९ मत प्राप्त गरेकी छिन् ।

यो क्षेत्रमा विगतमा माधव नेपालले चुनाव जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्