१२ असार २०८३, शुक्रबार

मतगणना भइरहँदा ‘महापुरूष’ फिल्म हेर्न गए गगन थापा

मतगणना भइरहँदा ‘महापुरूष’ फिल्म हेर्न गए गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा फिल्म हेर्न हल पुगेका छन् । 

उनको निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा उनी श्रीमतीसँग दरबारमार्गस्थित ‘दरबार सिनेम्याक्स’मा फिल्म हेर्न गएका हुन् । 

उनी दिउँसो साढे २ बजेको शोमा महापुरूष फिल्म हेर्न गएका हुन् । 

‘धेरै दिनको दौडधुपपछि आजको फुर्सद’ लेख्दै गगनले फेसबुकमा फिल्म हल परिसरमा खिचेको तस्वीर शेयर गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्