
प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको लागि आइतबार भएको चुनावको मतगणना भइरहेको छ ।
नवलपरासी पश्चिमको क्षेत्र नम्बर–१ बा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार विनोद चौधरीले अग्रता कायम गरेका छन् ।
अहिलेसम्म उक्त क्षेत्रको २४ सय ४८ मत गणना हुँदा चौधरीले ८६५ मत लिएर पहिलो स्थानमा छन् ।
त्यसैगरी, हृदयश त्रिपाठीले चौधरीलाई ६३३ मतसहित पछ्याइरहेका छन् ।
उक्त क्षेत्रमा अहिलेसम्म राप्रपाले १४२ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ४४५ मत पाएको छ ।