
झापा क्षेत्र नम्बर-१ मा जारी मतगणमा नेपाली कांग्रेसले अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार नेपाली कांग्रेसमा महामन्त्रीसमेत रहेका उम्मेदवार विश्वप्रकाश शर्माले २१७ मत प्राप्त गरेका छन् ।
कांग्रेसका उम्मेदवार शर्मालाई नेकपा एमालेका अग्नि खरेलले १०३ मतका साथ पछ्याइरहेका छन् ।
यस क्षेत्रमा क्षेत्रमा एक लाख २० हजार ३७५ मतदाता रहेकोमा ८७ हजार ३९६ मत खसेको हो ।