३१ जेठ २०८३, आइतबार

अझै सदरमुकाम पुगेन साइपालको मतपेटिका

अझै सदरमुकाम पुगेन साइपालको मतपेटिका

साइपाल गाउँपालिका बझाङका मतपेटिका मङ्गलबार मात्रै जिल्ला सदरमुकाम चैनपुर पुग्ने भएको छ । मङ्गलबार बिहान मतपेटिका पुगेपछि सर्वदलीय बैठक बसेर १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमका अनुसार सोमबार साँझ हुने भनिएको मतगणना साइपालको मतपेटिका नपुग्दा ढिलाइ भएको हो । मौसम खराबका कारण हेलिकप्टर उड्न नसकेपछि मङ्गलबार बिहान साइपालका मतपेटिका जिल्ला सदरमुकाम ल्याउने तयारी भएको उनले बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्