
मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला १८७ मतले अगाडि रहेका छन् ।
सोमबार राति १० बजेसम्मको मतपरिणामअनुसार १ हजार ७४८ मत गणना गर्दा कोइरालाले ७८७ मत पाएका छन् । यस्तै उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार लालबावु पण्डितले ६०० मत पाएका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका यादव कुमार प्रधानले २२० मत पाएका छन् भने राप्रपका गोपाल कटुवाल क्षेत्रीले ११७ मत ल्याएका छन् ।