
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले फेरि अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार सिंहले ४८१९ मत प्राप्त गर्दा राप्रपाका रवीन्द्र मिश्रले ४७९३ मत पाएका छन् ।
मिश्र र सिंहबीच काठमाडौं एकमा रोचक प्रतिस्पर्धा देखिएको छ। सोमबार गणना सुरु भएदेखि नै यी दुई उम्मेदवारले एकअर्कालाई उछिन्ने र पछि पार्ने चक्र चलिरहेको छ ।
सोही निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले २३०२ मत पाएका छन् ।