२९ जेठ २०८३, शुक्रबार

काठमाडौं–१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र १२९ मतले पराजित

काठमाडौं–१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र १२९ मतले पराजित

काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।

सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२९ मतले पराजित गरे ।

सिंहले ७ हजार १४० मत ल्याए भने मिश्रले ७ हजार ११ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए । तत्कालीन समयमा कांग्रेसका सिंहले १० हजार ९३६ मत प्राप्त गरेका थिए भने विवेकशिल साझा पार्टीका उम्मेदवार मिश्रले १० हजार ११८ मत प्राप्त गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्