२८ असार २०८३, आइतबार

बिना मगरलाई फराकिलो मतले पछि पार्दै एमालेका तारा अगाडि

बिना मगरलाई फराकिलो मतले पछि पार्दै एमालेका तारा अगाडि

३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेकोे कञ्चनपुरका २ क्षेत्रमा नेपाली कांग्रेस र १ क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । 
    
कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको प्रतिनिधि सभातर्फ एमालेका उम्मेदवार तारा लामा तामाङले अग्रता कायम राखेका छन् । ३ हजार ८०१ मतगणना हुँदा तामाङले १ हजार ४३९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ८६६ मत प्राप्त गरेकी छन् ।

कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका एनपी साउँदले अग्रता कायम राखेका छन् । ३ हजार २०० मत गणना हुँदा साउँदले १ हजार ३२७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका नरबहादुर धामीले १ हजार २०९ मत प्राप्त गरेका छन् ।

कञ्चनपुरको ३ नम्बर निर्वाचन क्षेत्रमा ९ हजार ४४१ मतगणना हुँदा नेपाली कांग्रेसका रमेश लेखक ४ हजार ८५९ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका निरु पालले २ हजार ६७९ मतसहित लेखकलाई पछ्याइरहेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्