३१ जेठ २०८३, आइतबार

बाग्लुङ–१ मा जनमोर्चाका चित्रबहादुर केसी अगाडि

बाग्लुङ–१ मा जनमोर्चाका चित्रबहादुर केसी अगाडि

बाग्लुङको १ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा अग्रता कायमै राखेका छन् ।

प्रतिनिधिसभा सदस्यको मतगणनामा केसीले १ हजार ९८५ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका सूर्यप्रसाद पाठकले १ हजार ७५५ मतसहित पछ्याइरहेका छन् ।
    
बिहान ३ः३० बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९११, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ७०, नेपाली कांग्रेस बीपीका शिवलाल सापकोटाले ३ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १३ मत प्राप्त गरेका छन् ।

हालसम्म १८० मत बदर भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्