
कैलालीका प्रतिनिधिसभा निर्वाचन क्षेत्र १, २ र ३ मा रेशम चौधरीको अगुवाइमा खुलेको नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ ।
हालसम्मको मतगणना अनुसार १ नम्बर क्षेत्रमा चौधरीपत्नी रन्जिता श्रेष्ठले अग्रता लिएकी छन् ।
श्रेष्ठले १ हजार ८५७ मत पाउँदा नेपाली कांग्रेसका रामजनम चौधरीले १ हजार १९९ मत पाएका छन् भने नेकपा एमालेका तपेन्द्र रावलले ४२१ मत पाएका छन् ।
२ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी ९४५ मतका साथ अगाडि छन् भने नेकपा माओवादी केन्द्रका भगतबहादुर बढुवालले ३६२ मत पाएका छन् । एमालेका झपटबहादुर रावल २९९ मतसहित तेस्रो स्थानमा छन् ।
३ नम्बर निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी ३ हजार ९३१ मतका साथ पहिलो नम्बरमा छन् । माओवादीका कृष्णकुमार चौधरी २ हजार ९३२ मतका साथ दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बम २ हजार २४४ मतका साथ तेस्रोमा रहेका छन् । नेकपा एमालेका गौरीशंकर चौधरी २ हजार ६८ मतका साथ चौथोमा रहेका छन् ।