
रुपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रमा गृहमन्त्री बालकृष्ण खाँणले निरन्तर अग्रता कायमै राखेका छन् ।
४ हजार ५३० मतगणना हुँदा कांग्रेस प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले १ हजार ९४१ मत प्राप्त गरेका छन् ।
राप्रपाका उम्मेदवार दीपक बोहराले १ हजार ४३६ मत ल्याएका छन् । खाँणले ५०५ मतले अग्रता कायम गरेका छन् । यो क्षेत्रमा यसअघि घनश्याम भुसाल निर्वाचित भएका थिए ।