
निर्वाचन आयोगले हालसम्म १२४ निर्वाचन क्षेत्रको मतगणना जारी रहेको जानकारी दिएको छ। तीमध्ये प्रतिनिधिसभातर्फ ४ स्थानको नतिजा आइसकेको छ । काठमाडौं १, ललितपुर २, मुस्ताङ र मनाङ निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम नतिजा आएको हो । जहाँ ३ स्थानमा कांग्रेस र एकमा एमाले विजयी भएको छ । ललितपुर क्षेत्र नम्बर १ बाहेक अन्य ३ निर्वाच्न क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
यसैगरी हालसम्म ४२ निर्वाचन क्षेत्रमा कांग्रेस, ३५ मा एमाले, ११ मा ओवादी केन्द्र, ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी, ६ मा राप्रपा र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवार १८ स्थानमा अगाडि छन् ।
आयोगले केही निर्वाचन क्षेत्रमा मतगणना गर्नका लागि तयारी भएको र केहीमा पुनः निर्वाचन गर्नुपर्ने भएको र केहीमा भने मतपेटिका संकलनकै क्रममा रहिएको जनाएको छ ।