२९ जेठ २०८३, शुक्रबार

काठमाडौं-१० : कांग्रेसका केसीको अग्रता

काठमाडौं-१० : कांग्रेसका केसीको अग्रता

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र १० को मत गणना जारी छ ।  

पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसीले तीन हजार ९८३ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । 

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले दुई हजार ८८३ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा (एमाले)का हिमेश केसीले दुई हजार ४२७ प्राप्त गरेका छन् । 

क्षेत्र न १० अन्तर्गत कीर्तिपुर नगरपालिकाको वडा न १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ ।  कीर्तिपुर वडा नं ७ र ८ को गणना सुरु गरिएको जानकारी निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले दिए । 

क्षेत्र नं १० मा समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ । कीर्तिपुरका १, २, ३ र ४ वडाको मतगणना सकिँदा सो पार्टीले दुई हजार २५ मत प्राप्त गरेको छ दोस्रोमा कांग्रेसले एक हजार ९९० मत प्राप्त गरेको छ भने नेकपा एमालेले एक हजार १५३ मत प्राप्त गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्