
धनुषाको २ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका उमाशंकर अरगरियाको अग्रता कायमै छ ।
उनले ३ हजार १७८ मत ल्याएका छन् । अहिले उनकै गाउँ रहेको शहिदनगर नगरपालिकामा मतगणना भइरहेको छ ।
उनलाई नेपाली कांग्रेसका रामकृष्ण यादवले १ हजार ७७१ मत ल्याएर पछ्याइरहेका छन् । जनता समाजवादी पार्टीका आनन्द यादवले १ हजार ४५९ मत र नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाले १ हजार १९० मत ल्याएका छन् ।