×

NMB BANK
NIC ASIA

चुनाव र विश्वकपले ‘महापुरुष’लाई गरेन असर

मंसिर ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तिहारको टीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘महापुरुष’ले 

Muktinath Bank

चौथो सातामा पनि दर्शकबाट उत्साहजनक साथ पाएको छ । प्रदर्शनको २५औं दिन अर्थात् हिजो (सोमबार)  फिल्म हेर्न हलमा दर्शकको उपस्थिति उत्साहजनक देखियो । धेरै शोजहरू हाउसफुल रहे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमबार धेरै शोहरू हाउसफुल रहेको भन्दै फिल्मका लेखक एवं निर्देशक प्रदीप भट्टराईले खुशी व्यक्त गरेका छन् । तिहार सकिएलगत्तै चुनाव र विश्वकप फुटबलसँगै विदेशी ठूला फिल्मको भीडभाड देखेपछि प्रायः नेपाली फिल्महरू माघपश्चात् मात्र रिलिज हुँदैछन् । अझै, फागुनमा नेपाली फिल्महरू एकआपसमा भिड्दैछन् । चुनावी माहौल र विश्वकप फुटबलसँगै जाडोले व्यापारमा असर गर्ने अनुमान गरिएता पनि ‘महापुरूष’ले राम्रो व्यापार गर्न सफल भएको हो । 


Advertisment
Nabil box
Kumari

दर्शकको बलियो उपस्थितिकै कारण मल्टिप्लेक्स हलहरूले शो घटाएका छैनन् । मंगलबार पनि फिल्मले उल्लेख्य शो पाएको छ । कार्यकारी निर्माता रबिन्द्रसिंह बानियाँका अनुसार केही शुभचिन्तकले उक्त समयमा फिल्म रिलिज नगर्न सुझावसमेत दिएका थिए । 

Vianet communication
Laxmi Bank

बानियाँले भने, ‘हामीलाई फिल्मप्रति विश्वास भएर नै उक्त डेटमा प्रदर्शन गरेका हौं, फिल्म हेर्ने दर्शकले दिनुभएको सकारात्मक प्रतिक्रियाकै कारण शो घटेको छैन, अहिलेसम्म पनि केही शोहरू भरिभराउ छन् ।’ 

चौथो सातामा शोहरू यथावत रहनुले दर्शकको आकर्षण कम नभएको देखाउने लेखक तथा निर्देशक भट्टराई बताउँछन् । ‘फुर्सद र समय मिलाएर आउने हुँदा बिहानी भन्दा दिवा र रात्रि शोहरू हाउसफुल छन्, हामीले दिन खोजेको सन्देशसँग दर्शक जोडिनुभएको छ, व्यापारसँगै फिल्म हेरेर निस्किँदा दर्शकको मुहारमा पाइने सन्तुष्टि नै हाम्रो सफलता हो ।’

सामाजिक कथामा निर्माण भएको ‘महापुरुष’मा हरिवंश आचार्य शीर्ष भूमिकामा छन् । साथमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेललगायत पनि शीर्ष भूमिका छ ।  फिल्मले तीन सातामा आठ करोड रुपैयाँभन्दा बढी कमाइसकेको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण चौथो सातामा पनि फिल्मले दर्शकबाट उत्साहजनक साथ पाएको हो । 

केही सातायता ठूला नेपाली फिल्म प्रदर्शनमा नआउनुको फाइदा पनि ‘महापुरुष’लाई मिलेको छ । म्याक्स दीपेश खत्रीको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा रबिन्द्रसिंह बानियाँ छन् । फिल्मले अमेरिका र अस्ट्रेलियामा समेत राम्रो व्यापार गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x