३१ जेठ २०८३, आइतबार

रुकुम पश्चिममा जनार्दन शर्मालाई शुरुआती अग्रता

रुकुम पश्चिममा जनार्दन शर्मालाई शुरुआती अग्रता

रुकुम पश्चिममा प्रतिनिधिसभातर्फको प्रारम्भिक मतगणनामा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले शुरुआती अग्रता लिएका छन् । 

अपडेटअनुसार ७३७ मत गणना गर्दा शर्माले ३५९, एमालेका नन्दलाल देवकोटाले २४९, राप्रपाका दीपककुमार मल्लले ७० मत प्राप्त गरेका छन् । 

आइतबार सम्पन्न मतदानमा प्रतिनिधिसभातर्फ रुकुम पश्चिममा ६० हजार ५२७ मत खसेको थियो । दलहरूबीच सहमति जुट्न ढिलाइका कारण यहाँ मंगलबार बिहानबाट मतगणना प्रक्रिया शुरू भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्