
सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नौ हजार ९३२ मतगणना हुँदा क्षेत्र नं १ मा नेकपा एमालेका सरेश नेपालले चार हजार १४९ मत प्राप्त गरेका छन् ।
त्यस्तै लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटाले तीन हजार ७२२ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ प्रदेश (१) मा कांग्रेसका मसिना खड्का तीन हजार ७१० र एमालेका युद्धविक्रम लामाले तीन हजार ३२४ मत प्राप्त गरेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन् ।
जारी मतगणनामा बस्नेतले चार हजार ६१६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले दुई हजार ९३९ मत प्राप्त गरेका छन् ।