०४ असार २०८३, बिहीबार

रुपन्देही-३ मा बोहरालाई पछ्याउँदै गृहमन्त्री खाँण

रुपन्देही-३ मा बोहरालाई पछ्याउँदै गृहमन्त्री खाँण

रुपन्देही क्षेत्र नम्बर-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहराले अग्रता लिएका छन् । 

उनले नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई उछिनेर अगाडि बढेका हुन् । 

पछिल्लो अपडेटअनुसार दश हजार ६४० मत गणना हुँदा बोहराले चार हजार १७० मत ल्याएका छन् भने खाँणले तीन हजार ९१९ मतका साथ पछ्याइरहेका छन् । 

रुपन्देही-३ मा बोहरालाई नेकपा एमालेको समर्थन छ भने खाँणलाई सत्ता गठबन्धनको समर्थन रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्