
काठमाडौं क्षेत्र नम्बर-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिइरहेका छन् । अहिलेसम्म १८ हजार ५६३ मत गणना सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठले ६ हजार ११९ मत पाउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले चार हजार ६१३ मतसहित पछ्याइरहेका छन् ।
नेकपा एमालेका शिवसुन्दरराज वैद्य र बहालवाला मन्त्री तथा नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ तेस्रो र चौथो स्थानमा रहँदै प्रतिस्पर्धा गरिरहेका छन् ।