
काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२ प्रदेशसभा (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार सुनिल केसी निर्वाचित भएका छन् ।
एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठलाई १५१९ मतान्तरले पराजित गरेका हुन् । राप्रपाका केसी ६ हजार ५९८ मत ल्याउँदै विजय भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्रेष्ठले ५०७९ मत ल्याएका छन् ।