
काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो अद्यावधिक विवरणअनुसार पौडेलले दुई हजार ८२६ मतको अग्रता बनाएका हुन् ।
कांग्रेसका प्रदीपले नौ हजार १९६ र एमालेका उम्मेदवार ईश्वर पोखरेलले ६ हजार ३७० मत पाएका छन् ।
यो निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचन ईश्वर पोखरेलले जिते पनि यो पटकको निर्वाचनको मतगणनामा निरन्तर पछाडि परेका हुन् ।