१३ असार २०८३, शनिबार

अछाम-१ मा शेरबहादुर कुँवरको अग्रता कायमै

अछाम-१ मा शेरबहादुर कुँवरको अग्रता कायमै

प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राखेका छन् । 

अछाम निर्वाचन क्षेत्र नं १ मा उनले शुरुआतदेखि नै अग्रता कायम राखेका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कुँवरले १० हजार २९०  मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहराले ६ हजार २६४ मत प्राप्त गरेका छन् । 

यस्तै, क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाहले पनि अग्रता कायम गरेका छन् । 

शाहले आठ हजार ६५७ मत प्राप्त गरेका छन् भने एमालेका यज्ञ बोगटीले पाँच हजार ७२९ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्