
ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका छन् ।
फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १०९ मत गणना हुँदा योगेश भट्टराईले ६८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाथोकीले ३३ मत प्राप्त गरेका छन् ।
गणना भएको १०९ मत मध्ये चार मत बदर भएको छ । यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेका छन् ।