०५ साउन २०८३, मंगलबार

चितवन-२ मा रवि लामिछानेले अग्रता बढाउँदै

चितवन-२ मा रवि लामिछानेले अग्रता बढाउँदै

चासोका साथ हेरिएको चितवन-२ मा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।

सोमबार दिउँसोदेखि भएको गणनामा पछि परेका रविले मंगलवार दिउँसोबाट अग्रता लिन थालेका हुन् ।

पछिल्लो अपडेटअनुसार रविले पाँच हजार ५४२ मत पाएका छन् । उनलाई नेकपा एमालेका कृष्णभक्त पोखरेलले चार हजार २९१ मतसहित पछ्याइरहेका छन् । 

त्यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठ तीन हजार ७२२ मतसहित तेस्रो स्थानमा छन् । चितवन– १ मा पनि रविको पार्टीका हरि ढकालले अग्रता लिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्