
पाल्पा–२ को मतगणनामा एमालेका उम्मेदवार ठाकुर गैरे अगाडि लागेका छन् ।
अहिलेसम्मको गणनामा गैरेले ६ हजार ४६४ मत ल्याएका छन् ।
त्यसैगरी, नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले ४ हजार ७३८ मत पाएका छन् ।
गैरे र पाण्ड्ये यसअघि नेकपा एमालेमै थिए । पार्टी विभाजन भएपछि उनीहरू चुनावी प्रतिस्पर्धामा आएका हुन् ।