३१ जेठ २०८३, आइतबार

फेला परेनन् खाँडो नदीले बगाएका यादव

कात्तिक २०, २०७४
फेला परेनन् खाँडो नदीले बगाएका यादव

राजविराज, २७ साउन– सप्तरीको राजविराज नगरपालिका–१५ देउरीभरुवास्थित खाँडो नदीमा पुरिएर बेपत्ता भएका स्थानीयवासी डोमी यादव अझै फेला पर्न सकेका छैनन् ।

बेपत्ता भएका ६० वर्षीय यादवलाई उद्धार गर्नका लागि त्यहाँ पुगेका सुरक्षाकर्मीको टोलीले आज बिहान पनि खोजी कार्य जारी राखेको बताइएको छ ।

पूर्वी पहाडी भेगमा परेको अविरल वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले देउरी भरुवाको बाँध कटान गरिरहेको अवस्थामा बाँधलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीसँगै गएका यादव ढिस्कोमा पुरिएर बेपत्ता भएका थिए ।

घटना लगत्तै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यका लागि घटनास्थलमा पुगेको थियो ।

त्यस्तै, सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, गोदावरीबाट थप सुरक्षाकर्मी उद्धारका लागि मगाइएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए ।

यस्तै, खाँडो नदीमा आएको बाढीले राजविराज–१० स्थित बिरोल र राजविराज–१५ को देउरीभरुवा गाउँमा पनि कटान गरेको छ । सो नदीको पानीको बहावले गाउँमा पानी पस्दा सप्तरीको दक्षिणी र पूर्वी भेगका राजविराज, बिरोल, डुमरी शिवथान, कजोली, दिघवा, तोपा, मनसापुर, सकरपुरा, लोनिया, तिलाठी लगायत स्थानका करिब ४०० घर डुबानमा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्