०५ साउन २०८३, मंगलबार

सोलुखुम्बुमा एमालेको शुरुवाती अग्रता

सोलुखुम्बुमा एमालेको शुरुवाती अग्रता

प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ सोलुखुम्बुमा नेकपा एमालेले अग्रता लिएको छ । मंगलवार साँझबाट शुरु गरिएको मत गणनाको प्रारम्भिक नतिजामा एमालेले अग्रता कायम गरेको हो । 

प्रतिनिधि सभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा एमालेका उम्मेदवार मानवीर राईले अग्रता कायम गरेका छन् । १ हजार ६६४ मत गनिसक्दा एमालेका राईले ७६७ मत प्राप्त गरेका छन् । त्यस्तै सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीले ७५२ मत प्राप्त गरेका छन् । 

हालसम्म राई र केसीबीच मतान्तर १५ छ ।

दुवै प्रदेश सभातर्फ पनि एमालेकै उम्मेदवारहरूले अग्रता कायम गरेका छन् । प्रदेश सभा १ (१) मा एमालेका उत्तमकुमार बस्नेत र १(२) मा एमालेकै बुद्धिकुमार राजभण्डारीले अग्रता लिइरहेका छन् । सत्तारुढ गठबन्धनकाे तर्फबाट  प्रदेश सभा १ (१) मा माओवादी केन्द्रका गाेम्बु शेर्पा र १(२) मा शिवबहादुर बस्नेत उम्मेदवार छन् । 

salt training

कमेन्ट गर्नुहोस्