२६ असार २०८३, शुक्रबार

समर्थकलाई प्रदीप पौडेलको निर्देशन : हामी विजय जुलुस मनाउने छैनौँ

समर्थकलाई प्रदीप पौडेलको निर्देशन : हामी विजय जुलुस मनाउने छैनौँ

प्रतिनिधि सभातर्फ काठमाडौं–५ बाट निर्वाचित नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विजय जुलुस ननिकाल्न समर्थकहरूलाई निर्देशन दिएका छन् । मंगलवार राति मत परिणाम सार्वजनिक भएपछि समर्थकहरूलाई सम्बोधन गर्दै उनले विजय जुलुस ननिकाल्न निर्देशन दिँदै जनतालाई घर–घरमा पुगेर धन्यवाद दिने जानकारी दिए । 

‘हामीले विजय जुलुस मनाउने छैनौँ, जनताको घर–घरमा गएर धन्यवाद ज्ञापन गर्नेछौँ’, उनले भने, ‘मतदातालाई आभार व्यक्त गर्दै तपाईंले हामीप्रति गर्नुभएको भरोसालाई टुट्न दिने छैनौँ भनेर घर–घरमा पुगेर भन्नेछौँ ।’ उनले निर्वाचनमा गरेको प्रतिबद्धता छिटो भन्दा छिटो पूरा गर्ने बताएका छन् । 

पौडेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । पौडेलले १५ हजार २३७ मत प्राप्त गर्दा पोखरेलले १० हजार १७५ मत मात्र प्राप्त गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्