२३ असार २०८३, मंगलबार

दैलेख १(१) मा कांग्रेसका खत्री निर्वाचित

दैलेख १(१) मा कांग्रेसका खत्री निर्वाचित

दैलेख १ को प्रदेश सभा क्षेत्र १ मा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर खत्री निर्वाचित भएका छन् । एमालेका उम्मेदवार धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पछि पार्दै खत्री विजयी भएका हुन् । 

यो कर्णाली प्रदेश सभा क्षेत्रको पहिलो नतिजा हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले खत्रीले ९ हजार ४६४ र रेग्मीले ८ हजार ७२ मत पाएको जनाएको छ । ३५ हजार ४९९ मतदाता रहेको यस क्षेत्रमा १९ हजार ९९८ मत खसेको थियो । 

प्रदेश सभामा निर्वाचित खत्री नेपाल विद्यार्थी संघ दैलेखका संस्थापक सभापतिका साथै पार्टी जिल्ला कोषाध्यक्ष भएका थिए । उनी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन । एमालेका केन्द्रीय सदस्य रहेका रेग्मी २०७४ मा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए । नेकपा विघटनपछि एमालेमै रहेका उनलाई माओवादी केन्द्रले प्रदेशसभा सदस्य पदबाट निलम्बित गरेको थियो । दैलेख १ को प्रदेश सभा १ मा गुराँस, डुंगेश्वर र भगवतीमाई गाउँपालिका पर्दछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्