३१ जेठ २०८३, आइतबार

बसको ठक्करबाट यस्तो भयो जिपको हालत, सातजना यात्रु घाइते

कात्तिक २०, २०७४
बसको ठक्करबाट यस्तो भयो जिपको हालत, सातजना यात्रु घाइते

काभ्रे २७ साउन– काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको ना १ ज ७५७६ नम्बरको टटा सुमो (जिप) र काभ्रेको भकुण्डेबेसीबाट बनेपातर्फ आउँदै गरेको बस एक आपसमा ठोक्किँदा सुमोमा सवार सातजना यात्रु घाइते भएका छन् ।

बीपी राजमार्ग अन्तर्गत बेजिङ प्लान्ट भन्ने ठाउँमा शुक्रवार उक्त घटना भएको जिल्ला प्रहरी प्रमुख सहकुल बादुर थापाले जानकरी दिए । घाइतेको अहिले धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।



घाइते हुनेमा सुमोमा सवार घनस्याम बस्नेत, भुमिका लामा, सबिना राई, बिना राई ,राजु नेपाली, चन्दन कार्की र दुर्गा प्रसद खडका रहेका छन् ।

यो सडकमा अहिले दैनिक रुपमा दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । सुमोको तीब्र गतिको कारण दुर्घटना भएको स्थानीय बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्