०६ साउन २०८३, बुधबार

सांसद्को प्रश्नः संसदमा प्रश्नोत्तर किन शुरु भएन ?

कात्तिक २०, २०७४
सांसद्को प्रश्नः संसदमा प्रश्नोत्तर किन शुरु भएन ?
काठमाडौं २७ साउन–सरकारलाई जवाफदेही र उत्तरदायी बनाउन संसद्मा शुरु गर्ने भनिएको प्रश्नोत्तर सत्र शुरु नगरिएको प्रति सांसद्ले सदनमा प्रश्न गरेका छन् ।

व्यवस्थापिका संसद्को शुक्रवार बसेको बैठकको शून्य समयमा एमाले सांसद् कृष्णभक्त पोखरेलले संसद्मा प्रश्नोत्तर सेसन चलाउने नियमावलीमा उल्लेख गरिएपनि शुरु नभएको भन्दै संसद्को ध्यानाकर्षण गराएका हुन् ।

‘प्रत्येक बैठकमा मन्त्रीलाई प्रश्न सोध्ने र मौखिक प्रश्नको लिखित उत्तर दिनु पर्ने व्यबस्था गरियो । मन्त्रीले दिएका जवाफको उत्तर महासचिवले तीन महिनामा प्रकाशन गर्ने व्यवस्था गर्र्यो, तर दर्जनौ पटक उठाएका पश्न उत्तरित छैन्न’ उनले भने ।

सभामुख ओनसरी घर्तीले संसद्मा प्रश्नोत्तर सत्र शुरु गर्ने भनेपनि त्यो शुरु हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्