×

NMB BANK
NIC ASIA

लोकप्रिय मतसहित छैटौँ पटक एमाले अध्यक्ष ओलीको संसद् प्रवेश

मंसिर ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्ने भएका छन् । 

Muktinath Bank


अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसद्मा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । अब उनले छैटाँै पटक प्रतिनिधि सभा सदस्यका रुपमा संघीय संसद्मा प्रवेश गर्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष ओलीले ५२ हजार तीन १९ मत प्राप्त गरी जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ प्राप्त गरे । अध्यक्ष ओली २८ हजार पाँच सय ७६ मताअन्तरले जित हासिल गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

दमक नगरपालिका–१०, झापा स्थायी ठेगाना भई हाल भक्तपुरको बालकोट निवासी पूर्वप्रधानमन्त्री ओली बाबु मोहनप्रसाद ओली र आमा स्व मधु ओलीको सन्तानको रुपमा २००८ फागुन ११ गते जन्मिएका हुन् । 
 
एमाले अध्यक्ष ओलीले २०२५ सालदेखि पूर्णकालीन राजनीतिक यात्राको आरम्भ गरेका थिए । विसं २०२९ मा झापा आन्दोलनपछि उनले १४ वर्ष जेल जीवन व्यतित गरेका थिए । उनी २०४४ सालपछि पुनः पार्टी गतिविधिमा सक्रिय भएका थिए । 

Vianet communication
Laxmi Bank

पूर्वप्रधानमन्त्री ओलीले २०४६ सालमा तत्कालीन नेकपा (माले) को लुम्बिनी प्रमुख भएर काम गरेका थिए । त्यस्तै, २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएर काम गरे । पूर्वप्रधानमन्त्री ओलीे २०४७ सालमा नेकपा (एमाले) को स्थायी समिति सदस्य बनेका थिए । 

ओली २०७१ सालमा एमालेको अध्यक्ष बनेका थियो भने २०७५ सालमा एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष बनेका थिए । 

एमाले अध्यक्ष ओलीले २०४८, २०५१ र २०५६ सालमा झापा–६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी निर्वाह गरेका थिए । संविधान सभा सदस्य निर्वाचन २०७० मा झापा–७ बाट निर्वाचित भई उनले संविधान निर्माणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । ओली संघीय संसद् प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा झापा ५ बाट निर्वाचित भएका थिए भने अहिले उनी  झापा–५ बाट नै विजय भएका हुन् । 

एमाले अध्यक्ष ओलीले २०७२ र २०७४ मा  गरी दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । उनले त्यसअघि, उपप्रधान एवं परराष्ट्रमन्त्री २०६३ सालमा र २०५१ सालमा गृहमन्त्रीको कार्यभार सम्हालेका थिए । 

पाँच दशकदेखि राजनीतिमा सक्रिय रहेका एमाले अध्यक्ष ओली तत्कालीन नेकपा (माले) का संस्थापक नेतामध्ये एक हुन् । तेस्रो पटक मुलुकको कार्यकारी नेतृत्वमा रहने तयारीमा रहेका उनी स्पष्ट अडान राख्ने नेताका रूपमा पनि परिचित छन् । उनलाई युनिभर्सिटी फर पिस (कोस्टारिका), कोरियाको काइनाम विश्वविद्यालय, भारतको जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेका छन् । अध्यक्ष ओलीको विकास र राजनीतिक दृष्टिकोण समेटिएको पुस्तकसमेत प्रकाशित छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x