×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

मकवानपुरबाट राप्रपालाई ‘बोनस जीत’, कमल थापाको लज्जास्पद पराजय

मंसिर ८, २०७९

NTC
Premier Steels

दीपकबहादुर सिंह राजनीतिक रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका माध्यम तहका नेता हुन् । अर्थात् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा हुँदा थापाका कार्यकर्ता हुन् । 

Muktinath Bank

विसं २०७८ माघमा राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए । कमल थापाले राप्रपा नेपाल गठन गरे पनि दीपकबहादुर सिंह भने लिङदेनसँग राप्रपामै रहेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दीपकबहादुर सिंह मकवानपुर जिल्लाका पूर्वसभापति हुन् । २०६१ सालमा उनलाई जिविस सभापतिमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले मनोनीत गरेका थिए ।


Advertisment
Nabil box
Kumari

उनै सिंह मकवानपुर निर्वाचन नम्बर- १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पछि पार्दै राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका हुन् । 

Vianet communication

हार स्वीकार गरिसहेका कमल थापा तेस्रो स्थानमा छन् । शुरुआती गणनामा पछि परेका सिंह अन्तिम चरणमा अग्रस्थानमा आएका छन् । 

निर्वाचित सिंहले २७ हजार ८१६ मत ल्याउँदा डिनाले २५ हजार ४३४ मत पाएकी छन् । एमालेको समर्थन रहेका कमल थापाले २५ हजार ४२० मत पाएका छन् । 

सिंहको जन्म २०१५ सालमा धनकुटामा भए पनि उनी ७/८ वर्षको हुँदा आमाबुबासँगै हेटौँडा आएका थिए । विजयी भएका सिंह २०५४, २०५६, २०७० र २०७९ सालको  स्थानीय निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहे पनि पराजित हुँदै आएका थिए । 

यता, महालक्ष्मी उपाध्याय (डीना ) २०४८, २०५१, २०५६ , २०७४ र अहिलेको निर्वाचन गरी पाँच पटक पराजित भएकी छन् ।  मकवानपुर  क्षेत्र नं-१ मा बहुदल स्थापनापछि भएको प्रतिनिधि सभाको निर्वाचनमा ०७४ को निर्वाचनसम्म नेकपा एमाले हाबी हुँदै आएको थियो ।  सो क्षेत्रमा २०५१ सालमा राप्रपा, २०६४ सालको पहिलो संविधान सभामा माओवादी, २०७० सालको दोस्रो संविधान सभामा नेपाली कांग्रेस विजय भएको थियो । २०७४ सालमा पुनः एमालेले ‘कम ब्याक’ गरेको थियो । 

योसँगै सत्तारुढ गठबन्धन मकवानपुरका २ वटै प्रतिनिधिसभा सदस्यमा पराजित भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x