२६ जेठ २०८३, मंगलबार

राप्रपाका दीपक सिंहसँग पराजित भइन् कांग्रेस सहमहामन्त्री डिना

राप्रपाका दीपक सिंहसँग पराजित भइन् कांग्रेस सहमहामन्त्री डिना

मकवानपुर निर्वाचन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेस र नेकपा एमालेलाई पछि पार्दै राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका छन् । 

सिंहले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फका काँग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय 'डिना'लाई दुई हजार ३८२ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचित सिंहले २७ हजार ८१६ मत ल्याउँदा डिनाले २५ हजार ४३४ मत पाएकी छन् । एमालेको समर्थन रहेका कमल थापाले २५ हजार ४२० मत पाएका छन् । उक्त क्षेत्रमा ९१ हजार ४८६ मत खसेको थियो ।  

मतगणना हुँदै गर्दा  लामो समय शीर्षस्थानमा रहँदै आफ्नो अग्रता कायम राखेकी डिनाले अन्तिम समयमा हेटौँडा उपमहानगरपालिका-१० मा मत सुरक्षित राख्न नसक्दा सिंहले अप्रत्याशित रूपमा प्रतिनिधिसभा सदस्यको रूपमा स‌ंसदीय यात्रा तय गरेका हुन् । 

उता नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४२० मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्