१० साउन २०८३, आइतबार

धमाधम हिन्दीमा डब हुँदै नेपाली चलचित्र

मंसिर ८, २०७९
धमाधम हिन्दीमा डब हुँदै नेपाली चलचित्र

नेपाली चलचित्रलाई हिन्दी भाषामा डब गर्ने क्रम बढेको छ ।

गत असोजमा प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत ३’ हिन्दी डबका कारण निकै चर्चामा थियो । चलचित्र हिन्दी संस्करणलाई भारतसँगै विश्वव्यापी रूपमा थिएटर रिलिज गरिएको थियो ।

‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएसँगै अन्य निर्माता, निर्देशकहरूले पनि सिको गर्न थालेका छन् । 

यतिबेला हलमा रिलिज भइसकेका केही नेपाली चलचित्र हिन्दी भाषामा डब भएका छन् । यद्यपि ती चलचित्रहरू हलमा नभई यूट्युबमा मात्र रिलिज हुने भएका छन् । 

पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेनको अभिनय रहेको चलचित्र ‘वीरविक्रम २’ हिन्दी भाषामा डब भइसकेको छ । चलचित्रको हिन्दी ट्रेलर सार्वजनिक भइसकेको छ भने पूरा चलचित्र केही दिनमा सार्वजनिक गर्ने तयारी छ ।

मिलन चाम्सको निर्माण एवं निर्देशन रहेको ‘वीरविक्रम २’ ३ वर्षअघि हलमा रिलिज भएको थियो । हलमा प्रदर्शनमा आइसकेको चलचित्रलाई हिन्दीमा डब गरेर यूट्युबमा सार्वजनिक गर्न लागिएको हो ।

४ वर्षअघि प्रदर्शनमा आएको सुव्रतराज आचार्यको लेखन एवं निर्देशन रहेको चलचित्र ‘सुश्री सम्पत्ति’ पनि हिन्दी भाषामा डब भएको छ । सलोन बस्नेत, सारा श्रीपाईली, विनोद न्यौपाने, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको चलचित्रको हिन्दी ट्रेलर बुधवार मात्रै सार्वजनिक गरिएको छ । यो चलचित्रको हिन्दी भर्सनलाई केही दिनमै यूट्युबमा सार्वजनिक गर्ने तयारी गरिएको छ । एकपछि अर्को नेपाली चलचित्र हिन्दीमा डब हुन थालेसँगै चलचित्र क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् ।

अब आउने दिनमा अन्य नेपाली चलचित्रलाई पनि हिन्दी भाषामा डब गरेर यूट्युबबाट रिलिज गर्ने ट्रेन्ड बढ्ने आकलन गरिएको छ । यस किसिमको ट्रेन्ड बढ्दै गए अन्ततः नेपाली चलचित्र क्षेत्रलाई नै असर पुर्‍याउने चिन्ता सरोकारवालाको छ ।

salt training

कमेन्ट गर्नुहोस्